काठमाडौं, २२ फागुन । गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा भएको लापरबाहीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गाह्रो भएको बताएका छन् ।
बुधबार धनगढीमा सञ्चारकर्मीसंग कुराकानी गर्दै गृहमन्त्री थापाले निर्मला पन्त हत्या घटनाको शुरुमा भएको सुरक्षा निकायको लापरबाहीका कारण अहिले अनुसन्धानमा जटिलता पैदा भएको बताए । उनले जटिलताको बाबजुद पनि हत्यारा पत्ता लगाएरै छाड्ने दृढता व्यक्त गरे ।
गृहमन्त्री थापाले विप्लव माओवादी समुहले गरेको विस्फोटन र ध्वंसात्मक गतिविधीलाई सरकारले गम्भिर रुपमा लिई नियन्त्रण गर्ने दाबी पनि गरेका छन् ।