दोस्रो आमन्त्रित गौरीगंगा कपको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोस्रो आमन्त्रित गौरीगंगा कपको तयारी अन्तिम चरणमा

gauriganga cup

कैलाली, २१ फागुन । कैलालीको गौरीगंगा नगरपालिकामा दोस्रो आमन्त्रित गौरीगंगा कपको तयारी अन्तिम चरणमा पुगेको छ । गौरीगगां स्पोर्ट्स क्लबले आयोजना गर्ने दोस्रो संस्करणको गौरीगगां कप फागुन २५ गतेदेखि चैत ४ गतेसम्म हुने गरी तयारी अन्तिम चरणमा पुगेको छ ।

गौरीगगां नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा चिनाउने उद्देश्य राखी गौरीगंगा कपको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश बाहिरका दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुबाट झण्डै १२ देखि १४ वटा टिम सहभागी हुने छन् ।

विजेता टिमले प्रथम पुरस्कार तीन लाख, द्धितीय पुरस्कार एकलाख पचास हजार नगदसहित कप, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);