महाशिवरात्रीको अवसरमा कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

महाशिवरात्रीको अवसरमा कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा भक्तजनको घुइँचो

कपिलवस्त, २० फागुन । महाशिवरात्री पर्वको अवसरमा कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा सोमवार बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रीका दिन कपिलवस्तुको तौलेश्वर मन्दिरमा दर्शनका लागि नेपालका विभिन्न भाग तथा भारतबाट हजारौँ भक्तजनहरु पुग्ने गर्छन् ।

शिवको मानव शिवत्वका असल भवना जगाउन प्ररेणा दिने पर्व भएकोले पनि शिवरात्रीलाई विषेश पर्वको रुपमा महत्व दिने गरिन्छ । शिवरात्रीका दिन भगवान शिवको पुजा गर्नाले दिव्य ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त पौराणिक कथाहरुमा वर्णित छन् ।

तौलेश्वर मन्दिरलाई शक्ति पीठका रुपमा पनि पुजिने गरिन्छ । भक्तजनको सुरक्षाको लागि मन्दिरको चारै तिर सिसि क्यामरा पनि लगाइएको छ ।