ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको अन्त्येष्टि

ang tsering antyosti

काठमाडौं, १९ फागुन ।  ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आईतबार अन्त्येष्टि गरिएको छ ।  शेर्पाको आईतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो ।

पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए । विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराई, लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिाकरीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरिएको थियो ।