अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

airport4

काठमाडौं, १९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन)  गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले  चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजे सम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार यसका कारण रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान प्रभावित हुनेछन् ।

यो समयमा उडान बिहान ८ बजेदेखि बेलुकी १० बजेभित्रै व्यवस्थापन मिलाउने काम भइरहेको छ । महाप्रवन्धक क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडानमा सातवटा वायुसेवाका करिब एक दर्जन उडानलाई दिउँसोको समयमा मिलाउन आग्रह गरिसकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);