बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन

computer

काठमाडौं, १९ फागुन । धादिङ – चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन् ।

उनीहरु बिजुली पुर्याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन् । भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ । गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

पृथ्वी राजमार्गको हुग्दीखोलाबाट ग्रामीण बाटो हुँदै पुग्न सकिने विद्यालयमा चारवटा कम्प्युटर छन् । तीनवटा कम्प्युटर गाउँपालिकाले दिएको हो भने एउटा विद्यालयको नै हो ।

बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहिन बनेको विद्यालयकी शिक्षिका सुष्मा भट्टराईले बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);