मुख गन्हाउने समस्याबाट छुटकारा पाउन यसो गरौं | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

मुख गन्हाउने समस्याबाट छुटकारा पाउन यसो गरौं

mukha ganaunu

काठमाडौं, १६ फागुन । सुकमेललाई मुख गन्हाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा सुकमेल मुखमा च्याप्ने बानीले मुख गन्हाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

– खानापछि धनियाँको पात चपाउने गर्नुपर्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

– ल्वाङलाई रुघाखोकी ठीक पार्ने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्छ ।

– प्राकृतिक रूपमा सास गन्हाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।

– अम्बा र अनार खाने गरेमा स्वस्थ श्वासप्रश्वासमा निकै ठूलो भूमिका खेल्छ । यी चिजको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ ।

  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);