सरकारी चिकित्सकद्वारा सेवा बहिष्कार, उपचारका लागि नीजि अस्पतालमा जान बाध्य | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

सरकारी चिकित्सकद्वारा सेवा बहिष्कार, उपचारका लागि नीजि अस्पतालमा जान बाध्य

doctors

काठमाडौं, १५ फागुन । सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले आजबाट आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् । काठमाडौंका वीर, शिक्षण अस्पताल महाराजगञ्ज , कान्ति, ट्रमा सेन्टर, टेकु लगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले चरण बद्ध आन्दोलन गर्दै आएका छन् ।

यसअघि उनीहरुले धर्ना, र्यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ । सरकारी चिकित्सकहरुको आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);