ट्रम्प-किम शिखरवार्ता: सक्कली किम भियतनाम पुग्दा नक्कली किम देश निकाला | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

ट्रम्प-किम शिखरवार्ता: सक्कली किम भियतनाम पुग्दा नक्कली किम देश निकाला

kim

काठमाडौं, १५ फागुन । हनोइ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन दक्षिण पूर्वी एसियाली राष्ट्र भियतनाम आइपुगेका छन् । ट्रम्प र किमबीच बुधबार र बिहीबार दोस्रो चरणको शिखरवार्ता भियतनामको हनोईमा हुदैछ ।

उनी दुई दिनभन्दा बढी समय लगाएर उत्तर कोरियाली नेता चढ्ने विशेष रेलमार्फत चार हजार किलोमिटरको दुरी पार गरेर भियतनाम आइपुगेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ट्रम्प र किमबीच गत वर्षको १२ जुलमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । सो वार्ताको निरन्तरता स्वरुप भियतनाममा दोस्रो शिखर वार्ता हुन लागेको हो ।

भियतनाम पुगेका नेता किमको भव्य स्वागत गरिएको थियो । यसअघि ट्रम्प–किम शिखरवार्तास्थलबारे नखुलाईपनि अब केही प्रष्ट हुन थालेको छ । शिखरवार्तामा सहभागी हुनका लागि किम आइतबार प्योङयाङबाट रेल चढेर हनोई प्रस्थान गरेका थिए ।

ट्रम्पले समेत आफू हनोईतर्फ लागेको ट्वीट गरेका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले बुधवार साँझ दुई नेताबीच एक्लाएक्लै संक्षिप्त वार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएकी छन् ।

त्यसलगत्तै उनीहरुले केही सल्लाहकारहरु सँगै बसेर साँझको खाना खानेछन् । त्यसपछि दुई नेताहरुबीच बिहीबार चरणबद्ध रुपमा वार्ता हुनेछन् ।

यो बैठक गत वर्षको १२ जुनमा सिंगापुर वार्तामा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ ।