त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाख भित्र कालोपत्रे गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाख भित्र कालोपत्रे गरिने

tripureswor-nagadhunga

काठमाडौं, १५ फागुन । लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र कालोपत्रे हुने भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

साढे तीन वर्ष पहिले नै निर्माण सम्झौता भएको १६ किलोमिटर लामो उक्त सडक विस्तार जग्गा अधिग्रहण विवादले समयमै काम हुन नसक्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो । कलङ्कीदेखि नागढुङ्गासम्मका विभिन्न स्थानमा सडकछेउका संरचना भत्काउनै पर्ने भएपछि स्थानीय मुआब्जा माग गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले विभिन्न मुद्दामा घर भत्काउन रोक लगाएपछि निर्माण समस्या भएको थियो ।

समस्या समाधानका लागि तत्परता देखाउँदै गत साउन १० गते मन्त्रिपरिषद् बैठकले सो सडक विस्तारलाई यथासम्भव अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले उपलब्ध चौडाइमा आवश्यक संरचनासहित निर्माण सम्पन्न गर्ने सैद्धान्तिक सहमति दिएपछि सडक विस्तार आयोजनाको काम अगाडि बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);