न्यायका लागि अदालत जान्छु : उपसचिव सञ्जेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

न्यायका लागि अदालत जान्छु : उपसचिव सञ्जेल

काठमाडौं, १४ फागुन । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावी गर्दै न्यायका लागि अदालत जाने बताएका छन् ।

उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलवसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिन भित्रै सर्वोच्च अदालत जाने बताए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफूलाई ऐन विपरित ७० दिनमै सरुवा गरेको उल्लेख गर्दै उनीमाथि विभागीय कार्वाही गर्न पनि माग गरेका छन् ।

आफूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैर कानुनी ढंगले सरुवा गरेर दुःख दिएको उपसचिव सञ्जेलको भनाई छ । उपसचिव सञ्जेलले आफूलाई गरिएको सरुवा गैरकानुनी भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएको उल्लेख गर्दै त्यसमा सचिव दाहालले अझै सुनुवाई नगरेकोमा पनि आक्रोश व्यक्त गरे । आफू भ्रष्टाचार विरोधि भएकाले अन्यायमा पार्ने काम भईरहेको उपसचिव सञ्जेलको दावी छ ।