काठमाडौं, १० फागुन । अष्ट्रियाले नेपालको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी परराष्ट्र मामिलामन्त्री डा. कारिन किन्सलले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको द्धिपक्षीय भेटवार्तामा सो प्रतिवद्धता जनाएकी हुन् ।
शुक्रबार काठमाडौंमा भएको द्धिपक्षीय भेटवार्तामा अष्ट्रियाकी परराष्ट्रमन्त्री किन्सलले नेपालको विकासमा सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएकी हुन् । द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यापार, लगानी, नविन प्रविधि हस्तान्तरण, दिगो विकास र वातावरण संरक्षणको क्षेत्रमा नेपालसँग सहकार्य गरेर अघि बढ्न अष्ट्रिया तयार रहेको जानकारी दिए ।
द्धिपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारको समृद्धिको अभियान र त्यसका लागि आवश्यक वैदेशिक लगानीका विषयमा पनि विस्तृत धारणा राखेका थिए ।
अष्ट्रियाकी परराष्ट्रमन्त्री किन्सनले पनि नेपालको विकास अभियानमा सहकार्य गरेर अघि बढ्ने प्र्रतिवद्धता जनाइन् । उनले नेपालले राजनीतिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंशा गर्दै अव आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा केन्द्रित हुने विश्वास पनि व्यक्त गरिन् ।
नेपालसँग सहकार्य गरेर दुवै मुलुकको सम्बन्धलाई अझै नयाँ उचाईमा पु-याउने मन्त्री किन्सलको भनाई छ । द्धिपक्षीय भेटवार्तामा मन्त्री किन्सलले नेपाली सेनाले शान्ति सेनामा पु¥याएको योगदानको पनि खुलेर प्रशंशा गरेकी छन् ।




