नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैन : अस्ट्रेलियाली दूतावास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैन : अस्ट्रेलियाली दूतावास

Embassy_of_Australia

काठमाडौँ, १० फागुन । अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी)मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ  ।

संस्था बन्द गर्नुअघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा उनीहरूको पैसा फिर्ता गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यही संस्थामा पढाइलाई निरन्तरता दिए मात्रै विद्यार्थीको भिसाको कानुनी आधार सुनिश्चित हुने पनि दूतावासले स्पष्ट पारेको छ ।

‘एआइबिटी बन्द हुनुअघि उसले विद्यार्थीलाई वैकल्पिक पाठ्यक्रम अध्ययनको सुनिश्चितता गर्नुपर्नेछ, अथवा खर्च हुन बाँकी ट्युसन शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्नेछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नर्सिङ तथा मिडवाइफ्रीमा डिप्लोमा सञ्चालन गर्न एआइबिटीले अनुमति नलिएको विषयमा अध्ययन थालिएको पनि दूतावासले जनाएको छ । अस्ट्रेलियाको गृह मामिला विभागले भिसा रद्द गर्नुअघि कम्तीमा २८ दिनदेखि ३ महिनासम्म समय उपलब्ध गराउने र विद्यार्थीको केसका आधारमा यो समयावधि बढाउन सक्ने बताउँदै दूतावासले नआत्तिन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ ।

अस्ट्रेलियामा विद्यार्थी पठाउने शैक्षिक एजेन्टहरूलाई विद्यार्थी अध्ययन गर्ने संस्था र खर्चबारे विनाशुल्क र तथ्यपूर्ण जानकारी दिन पनि दूतावासले आग्रह गरेको छ । विद्यार्थीलाई पनि भरपर्दो शैक्षिक संस्था, बसोबास लगायतका विषयमा सुरुमै स्पष्ट भएर जान उसको अनुरोध छ ।

समस्या समाधानका लागि पहल भइरहेको छ :  एएइआरआई नेपाल

एसोसियसन अफ अस्ट्रेलियन एजुुकेसन रेप्रिजेन्टेटिभ्स इन नेपाल (एएईआरआई नेपाल) ले अस्ट्रेलियामा संकटमा परेका विद्यार्थीहरूको समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै उसले अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थी र उनीहरूको भिसासम्बन्धमा सरोकारवाला निकायसँग पहल गरिरहेको जनाएको छ ।

नेपाली विद्यार्थी भर्ना रहेको एआईबिटिको व्यस्थापन समिति, देशभित्र र बाहिरका परामर्शदाता, विद्यार्थीलगायतसँग निरन्तर संवाद भइरहेको एएईआरआई नेपालले जनाएको छ । ‘हामी दिनरात सत्य तथ्य आम नागरिक सामु सार्वजनिक गर्न लागेका छौँ । त्यसैगरि हामी सरोकारवालालाई अहिलेको संवादले नै सौहार्दतापुर्वक परिणाम ल्याउने विश्वास गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);