कृषिक्षेत्रमा संचालित कार्यक्रमहरुबाट विचौलिया मालामाल : कृषिमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

कृषिक्षेत्रमा संचालित कार्यक्रमहरुबाट विचौलिया मालामाल : कृषिमन्त्री

काठमाडौं, ८ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषिक्षेत्रमा संचालित कार्यक्रमहरुबाट वास्तविक किसानले भन्दा विचौलियाहरुले लाभ लिईरहेको बताएका छन् ।

कृषि पत्रकार प्रतिष्ठान जोनाको नवनिर्वाचित पदाधिकारीलाई बुधबार बधाई तथा शुभकामना दिंदै मन्त्री खनालले परिश्रम र लगानीबिना नै कृषि क्षेत्रका विचौलियाहरुले लाभ लिईरहेको बताए । उनले कृषि मन्त्रालयका कार्यक्रमहरु पनि वास्तविक किसानको हितमा हुन नसकेको स्पष्ट पारे ।

मन्त्री खनालले ओझेलमा परेको क्षेत्रको रुपमा कृषि क्षेत्र देखिए पनि यसको विकास र प्रवर्द्धनबाट सरकार पछि हट्न नसक्ने बताए । कम महत्व र ओझेलमा परेको कृषि क्षेत्र र किसानको पक्षमा अभियान चलाउनु सानो विषय नभएको भन्दै उनले कृषि पत्रकारहरुलाई सफलताको शुभकामना दिए ।

मन्त्री खनालले पछिल्लो समय संचारमाध्यमहरुले कृषिका विषयलाई प्राथमिकता दिने गरेकोमा खुसी व्यक्त गरे । गोविन्द शर्माको नेतृत्वमा निर्वाचित १३ सदस्यीय कार्य समिति को कार्यकाल २ बर्षको हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);