काठमाडौं, ५ फागुन । सरकार विरुद्ध कडा अभिब्यक्ति दिदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल अचानक सरकारको समर्थनमा उत्रिएका छन । राजधानीमा विरोध गरेका उनले धादिङ पुगेर सरकारको कडा समर्थन गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वोली ३ सय ६० डिग्रीमा बदलिएको छ । भेनेजुयला प्रकरणको उत्कर्षमा सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध कडा अभिब्यक्ति दिएर संघियता विरोधीको कडा आरोप लगाएका अध्यक्ष दाहालले शनिवारबाट बोली फेरेका छन् । शनिवार भक्तपुरको मनोहरा नदी सफाइको क्रममा सवै मिलेर देश बनाउनुपर्ने आहवान गरेका अध्यक्ष दाहालले काठमाण्डौंबाट पश्चिम नेपाल धादिङमा पुगेर यो सरकार ९ महिने सरकार नभएको बयान दिएका छन् ।
फागुन पहिलो साता नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली युरोपको स्विटजरल्याण्डको डावोसमा वल्र्ड इकोनोमिक फोरममा भाग लिन पुगेका थिए । यति नै बेलामा दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा अमेरिकी हस्तक्षेप बढयो भनेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कडा बक्तब्य निकाले । उनको बक्तब्य कस्तो बेलामा आयो भने प्रधानमन्त्री ओली भोलिपल्ट नेपालमा आउदै थिए र भेनेजुयलाको वारेमा विश्वका शक्तिराष्ट्र चीन र रुसले अमेरिकाको विपरित धारणा राखेका थिए । यस्तो बेलामा चीन र रुसको धारणासंग ठयाक्क मिल्ने गरि अध्यक्ष दाहालले भेनेजुयलाको सत्तारुढ दल र शासकको पक्षमा बक्तब्य निकालेका थिए ।
भेनेजुयलामा भएको के थियो र के हुनुपथ्र्यो भन्ने सन्दर्भमा नेपाल जस्तो असंग्न परराष्ट्र नीति भएको देशले के वक्तब्य निकाल्नुपथ्र्यो भन्ने अलग बहशको विषय हुन सक्छ तर सरकारले आधिकारिक धारणा नै नवनाइ सत्तारुढ दलको नेताले यसरी बक्तब्य निकाल्नु मिल्थ्यो वा मिल्दैनथ्यो भन्ने बहशले गर्दा प्रचण्डको बक्तब्य विवादमा परेको थियो । यहिवेला अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्डको वक्तब्यको भन्दा विलकुल फरक धारणा राखेपछि नेकपाका दुइ अध्यक्षको विचमा मनमुटाव मात्र भएन यसले दुइ हप्ता सम्म तनाव थपियो । सरकारको बर्ष दिनको बार्षिक रिपोर्ट सार्वजनिक गर्दा नै प्रधानमन्त्री ओली स्वयम हाम्रो पार्टीमा थामिनसक्नुको विरोध छ भनेर त्यहा भएको त तनावको झलक दिने कोशिश गरेका छन् ।
यसरी नेकपाका दुइ अध्यक्षको विचमा नै फरक मत आएपछि प्रचण्ड सरकारको विरोधमा वोल्न थाले भने सरकारको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल सरकारको बचाउमा वोल्दै हिंडे । तर,यसरी विरोधमा वोल्दा वोल्दै अध्यक्ष दाहालले अचानक सरकारको विरोधबाट अचानक ट्रयाक चेन्ज गरेर अति समर्थनमा वक्तब्य दिएका छन् । अध्यक्ष दाहालले सरकार ५ बर्ष टिक्छ मात्र भनेका छैनन,अब उनले यो सरकारले भारत र चीनसंग सम्वन्ध सुधार गरेको,मेहनत गरेर मौलिक हक सम्वन्धी कानुन बनाएको,भारतीय र चिनिया रेल नेपालमा आउने लगायतका कुरा समेत बताएका छन् ।
राजनीतिक विश्लेषक तथा वामपन्थी नेताको रुपमा समेत परिचित हरि रोकाको शब्दमा भन्ने हो भने प्रचण्ड त्यस्ता पात्र हुन जसको फ्रन्ट गियर भन्दा ब्याक गियर डबल पावरफुल छ ।
लगातार अघि हिडिरहदा अचानक पछि फर्कन सक्ने पात्र हुन प्रचण्ड । तिनै प्रचण्ड अब फेरि अघि बढन थालेका छन् । र,उनी अर्का अध्यक्ष ओलीसंग शनिवार राती नै वैठक बसेर पार्टी एकताको सन्दर्भमा छलफल पनि गरेका छन् । पार्टी एकताको लागि कार्यदलले राम्रोसंग काम नगरेपछि अब दुइ अध्यक्ष नै यसमा जुटेका छन् ।
के पार्टी एकताको लागि थप दवाव दिन कै लागि प्रचण्डले सरकारको खोइरो खनेका हुन त? वा पार्टी एकताको सन्दर्भमा गत जेठ ३ गते प्रचण्ड र ओली विच पार्टी र सरकारको सत्ता आधा आधा वाडफाँड गर्ने सहमति वमोजिम काम होस भनेर दवाव दिनको लागि यसरी वोलेका थिए त? यो प्रश्न भने अझै अनुत्तरित रहेको छ ।