कपिलवस्तु संग्रहालय ओझेलमा: प्रचार प्रसारको अभाव | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

कपिलवस्तु संग्रहालय ओझेलमा: प्रचार प्रसारको अभाव

sangrahalaya

शम्भु माली

कपिलवस्तु, २ फागुन । प्रचार प्रसारको अभावमा गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय ओझेलमा परेको छ । वर्षेनी ४ हजार भन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको तिलौराकोटको प्रचार गर्न सके अझ धेरै स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकिने स्थानीयको विश्वास छ ।

पर्याप्त प्रचारप्रसार र पुर्वाधारको अभावले गौतम बुद्धको जन्मस्थल कपिलबस्तुको तिलौराकोट स्थित कपिलवस्तु सग्रांहलय ओझेलमा परेको छ । ५ दशक अघि स्थापना भएको उक्त संग्रहालयकोबारेमा आन्तरिक तथा बाह्य पर्यटकहरुसम्म जानकारी पुग्न नसक्दा सग्रहलयमा भ्रमण गर्न आउने अवलोकनकर्ताहरुको कमी भएको हो । संग्राहलयमा आठौँ देखि पाँचौँ बिसी शताब्दीका पुरात्तात्विक वस्तुहरु संरक्षित गरेर प्रदर्शनमा राखिएका छन् । सेवा सुविधाको अभावले संग्राहलयमा अवलोकनकर्ताहरुको कमी हुदैँ गएको स्थानीयहरुको बुझाई छ ।

संग्राहलयको पुरानो भवन जीर्ण भएपछि अहिले नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संग्राहलयका प्रमुख कृष्ण डंगोलले न्युन बजेटका कारण पर्याप्त प्रचारप्रसार गर्न नसकिएको जानकारी दिए ।

प्राचिन कपिलवस्तुस्थित गौतम बुद्धको क्रिडास्थलका रुपमा मानिएको तिलौराकोटमा वर्षेनी ३८ हजार भन्दा बढी पर्यटकले भ्रमण गर्ने गर्छन । तर तिलौराकोट देखि करिब दुई सय मिटर छेउमै रहेको कपिलवस्तु संगा्रहालयमा भने भ्रमण गर्नेको संख्या न्युन रहेको छ । पर्यटक गाइडहरुलाई तिलौरकोट भ्रमणमा ल्याँउदा नजिकैको संग्राहलयमा पनि ल्याउन पटकपटक सुचित गरेको पनि प्रमुख डंगोलले बताए ।

गत आर्थिक वर्ष संग्राहालयमा आन्तरिक र बाह्य गरी कुल ४ हजार ४२५ पर्यटकले मात्र भ्रमण गरेका थिए । जसमध्ये बढी विद्यार्थी २ हजार १८४, स्वदेशी १ हजार ६६०, सार्क राष्ट्रका २३७ तथा तेस्रो देशका ३४४ जनाले अवलोकन गरेका थिए । पुरात्तात्विक महत्वका वस्तुहरुलाई संरक्षित गरी राखिएको यस्तो संग्राहलयहरुको संरक्षणको लागि सरकारले पनि विशेष ध्यान दिन जरुरी छ । स्थानीयले पनि यस्को प्रचारप्रसारको लागि आफ्नो क्षेत्रबाट सक्दो टेवा पु¥याउन आवश्यक देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);