काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकता प्रक्रिया फेरी अल्झिएको छ ।
एकता प्रक्रिया टुंग्याउन गठन गरिएको नौ सदस्यीय कार्यदल भित्रै विवाद बढेपछि एकता प्रक्रिया अल्झिएको हो । कार्यदल भित्र विवाद बढ्दा पुस मसान्तसम्म समय अवधी पाएको कार्यदलले माघको अन्तिम साता हुँदासम्म पनि पार्टी नेतृत्वलाई कार्यदलको प्रतिवेदन बुझाउन सकेको छैन ।
नेकपाको स्थायी समितिको पुस १३ गते बसेको बैठकले पुस मसान्त भित्र एकताको सबै बाँकी प्रक्रिया मिलाउन भन्दै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।