मेलम्ची खानेपानीको ठेक्का तोड्न सरकारलाई बाटो खुल्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

मेलम्ची खानेपानीको ठेक्का तोड्न सरकारलाई बाटो खुल्यो

melanchi khanepani

काठमाडौं, २३ माघ । मेलम्ची खानेपानी खायोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब( कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो ।

खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीले जवाफ नपठाएपछि ठेक्का तोड्न बाटो खुलेको जनाएको छ । एकतर्फी खारेज गर्दा भोलिका दिनमा कानुनी झमेला आउनसक्ने भएपछि सरकारले स्प्ष्टीकरण सोधेर विधिवत ठेक्का अन्त्यको बाटो खोलेको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।