नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिय प्रणाली नै उत्तम : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिय प्रणाली नै उत्तम : बाबुराम भट्टराई

baburam bhattarai

नेपाली समाजमा क्रान्तिको एउटा चरण पुरा

काठमाडौं, २२ माघ । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पुरा भएको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीको जनसंवाद अभियान कार्यक्रममा बोल्दै मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले राज्यको सत्ता चुनाव गर्ने, बीचका विचौलीयाले कमिसन खाने र फेरी सत्तामा जाने गोलचक्करमा फसेको आरोप लगाए । यसबाट बाहिर निस्कन पुरानो संरचनालाई तोड्नुपर्नेमा उनले जोड दिएका छन् ।

डाक्टर भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने उनको ठहर छ । डा. बाबुराम भट्टराई जनसंवाद अभियान अन्तर्गत पुर्व पाँचथरको चिवा भञ्ज्याङदेखी मध्य पहाडी लोकमार्ग हुँदै नवौदिनका दिन रामेछाप पुगेका हुन् । एक महिने अभियानमा निष्कएका डा. भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँशक्ति पार्टीले जनाएको छ ।