नेपालमा स्की खेलको संभावना अत्यन्तै राम्रो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

नेपालमा स्की खेलको संभावना अत्यन्तै राम्रो

काठमाडौं, २१ माघ । आवश्यक पुर्वाधार विस्तार गर्न सक्ने हो भने नेपालमा स्की खेलको संभावना अत्यन्तै राम्रो रहेको स्की खेल पारखीहरुले बताएका छन् । स्की खेलका लागि संभावित स्थानहरुको अध्ययन गरिरहेको नेपाल स्की संघले आवश्यकता अनुसारको भौतिक संरचना निर्माण गर्न सक्ने हो भने स्कि खेल विकासको साथै अफ सिजनमा पनि पर्यटक भित्र्याउन सकिने दाबी गरेको छ ।

गत शनिबार मुस्तांगको मुक्तिनाथ क्षेत्रमा स्कीको दोश्रो नेशनल च्याम्पियसीप प्रतियोगिता संचालन गरेको संघले सो क्षेत्रमा स्कीका लागि व्यवस्थित स्लोप विकास गर्ने हो भने खेल विकासको साथै अफसिजन पर्यटक प्रवर्द्धन हुने निष्कर्ष निकालेको हो ।

संघका अध्यक्ष जीवनराम श्रेष्ठले भौगोलिक विकटता भएपनि मुक्तिनाथ क्षेत्र स्कीका लागि अत्यन्तै उपयुक्त स्थान भएकाले व्यवस्थित स्लोप विकास गरि अन्तर्राष्ट्रिय च्याम्पियनसीप संञ्चालन गर्न सकिने बताए । नेपालमा स्की खेल खेल्नका लागि विदेशीहरुले इच्छा देखाईरहे पनि आवश्यक पुर्वाधार नहुँदा खेल सञ्चालन गर्न नसकिएको उनले बताए ।

खेलका लागि उपयुक्त स्थानको संभावना अध्ययन भित्र मुक्तिनाथ क्षेत्र पनि परेको भन्दै अध्यक्ष श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर स्कीलाई प्राथमिकता दिएमा सो स्थानलाई चाँडै नै स्की स्पोर्टर्सको रुपमा विकास गर्न सकिने बताए ।

उनले जाडोको समयमा मुक्तिनाथ क्षेत्रमा पर्यटन नजाने हुँदा त्यहाँ रहेका होटल सञ्चालकहरु पनि आफ्नो व्यवसाय बन्द गरेर शहर पस्ने गरेको भन्दै उनले स्की स्पोर्टसको रुपमा सो क्षेत्रलाई विकास गर्न सक्ने हो भने अफसिजनमा पर्यटक भित्र्याउन सकिने बताए ।

यसैबीच संघले गत शनिबार मुक्तिनाथ क्षेत्रमा दोश्रो नेशनल स्की च्याम्पियनसीप प्रतियोगिता सञ्चालन गरेको छ । भौगोलिक विकटता भएपनि हिउँको अवस्था राम्रो र मौसमले साथ दिएकाले दोश्रो नेशनल च्याम्पियन्ससीप गर्न सफल भएको संघका महासचिव बिजय श्रेष्ठले बताए ।

स्नोबार्ड स्की र अल्पाईन स्की विधामा भएको खेलमा ३१ जना खेलाडी सहभागी भएका थिए । दुवै विधामा महिला र पुरुषको छुट्टा छुटै प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा सहभागी खेलाडी सबै नेपाली थिए ।

प्रतियोगितामा १६ पुरुष र १५ महिला सहभागी भएको संघले जनाएको छ । शनिबारको प्रतियोगिताका लागि संघले बिहीबार र शुक्रबार खेलाडीलाई प्रशिक्षण दिएको थियो । लाङ्गटाङको केन्ज्याङ्गमा पहिलो च्याम्पियनसिप संञ्चालन गरेको संघले दोश्रो च्याम्पियनसीप मुस्ताङको मुक्ति क्षेत्रमा संञ्चालन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);