सरकार बिरुद्ध कांग्रेसको देशब्यापी प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सरकार बिरुद्ध कांग्रेसको देशब्यापी प्रदर्शन

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरेको हो ।

कांग्रेसले ७७ वटै जिल्लास्थित सदरमुकाममा प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाममा भएका बिरोध सभामा कांग्रेसका नेताहरुले सम्बोधन गरेका छन ।

चिकित्सा शिक्षा विधेयकमा आफ्ना मागहरु नसमेटिएको, निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलाइ पक्राउ गर्न नसकेको, वाईडबडी बिमान खरीदमा संलग्नलाई कारवाही नगरेको भन्दै कांग्रेस सरकारसंग रुष्ट बनेको छ ।