काठमाडौं, १९ माघ । गएको कार्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ विद्युतीय बसको उद्घाटन गरे । बसको उद्घाटन गर्दै उनीसहित देशका उच्च पदस्थ व्यक्तिहरु विजुली बस चडेर ललितपुरको पुल्चोकबाट सिंहदबारसम्म पुगे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब नेपालमा विद्युतीय बस सेवा सुरु भएको स-गर्व रुपमा बताए । उद्घाटन भएको ४ महिना बित्यो तर सडकमा विद्युतीय बस गुडेको देख्न पाइएको छैन ।
प्रधानमन्त्रीको तामझामलाई हेर्दा लाग्थ्यो अब राजधानीका सडकमा विद्युतीय बसहरु सरर चल्ने छन् । तर प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्टमा परेको विजुली बस कता हराए ? कसले बनायो बेपत्ता ?
थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>