तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाण चिह्न लिन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाण चिह्न लिन निर्देशन

gas-industry-

बनेपा, १९ माघ ।  जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाको प्रतिनिधिसहितको टोलीले काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी ग्यास उद्योग, सूर्य ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगमा अनुगमनको क्रममा गुणस्तर तथा नापतौल विभागबाट लिनुपर्ने गुणस्तर प्रमाण चिह्न नलिएको पाइएकोमा तत्काल प्राप्त गर्ने प्रक्रियामा लाग्न निर्देशन दिएको हो ।

सो क्रममा उद्योगमा काम गर्ने कर्मचारीलाई प्राविधिक तथा सुरक्षा तालीम नदिएको, वितरक, विक्रेताको सङ्ख्या ठेगाना र विवरण नराखेको, चालू वर्षमा प्रयोग अवधि समाप्त हुने सिलिण्डरको सङ्ख्या विवरण अद्यावधिक नराखेकोलगायतका पाइएकाले त्यसलाई छ महीनाभित्रमा व्यवस्था गरी जानकारी गराउनसमेत उद्योगलाई निर्देशन दिएको छ ।

जिल्लामा सञ्चालित पाँच वटा ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योग र भैँसेपाटीमा रहेको गौरीशङ्कर ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाण चिह्न प्राप्त गरिसकेको जनाएको छ । सगरमाथा ग्यास उद्योगले सगर ब्राण्डको सिलिण्डर र गौरीशङ्कर ग्यास उद्योगले हिमाल ब्राण्डको सिलिण्डर बजारमा ल्याएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका केमिष्ट इञ्जय मानन्धरले म्याद नाघेको सिलिण्डर बाहिर उपभोक्तामा पठाएको पाइएमा कारवाही गर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);