तेस्रो लिङ्गी शब्दप्रति सांसदहरूको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

तेस्रो लिङ्गी शब्दप्रति सांसदहरूको आपत्ति

sanghiya samsadh

काठमाडौं, १९ माघ । नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए ।

धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख्दा पनि लैङ्गिक पहिचान स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नु पर्ने बताए ।

नेपालमा नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमाथि छलफलमा सांसदले उनीहरुकोप नि सम्मान हुने गरी उपयुक्त शब्द खोज्नु पर्ने बताए ।यसअघि सरोकारवालासँग भएको छलफलमा तेस्रो लिङ्गीहरूले ‘तेस्रो लिङ्गी’ भन्ने शब्द नराख्न सुझाव दिएका थिए।

नेपालको संविधानको धारा १२ मा ‘वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता’को व्यवस्था छ। यसमा भनिएको छ– ‘यो संविधानबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लै·िक पहिचानसहितको नेपालको नागकिरता प्रमाणपत्र पाउन सक्नेछ।’

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);