काठमाडौंबाट १ सय २४ जना चोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काठमाडौंबाट १ सय २४ जना चोर पक्राउ

काठामडौं, १८ माघ । प्रहरीले चोरीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको विभिन्न स्थानमा चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु अधिकांशले दिउँसोको समयमा घरमा गएर नगद, सुनचाँदी लगायतका सामग्री चोरी गरेको पाइएको पनि परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ३ जना महिला र २१ जना पुरुषलाई पूर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । अन्यको भने अनुसन्धान भईरहेको परिसरका प्रमुख लामाले जानकारी दिए।

महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले गत माघ १५ गतेबाट काठमाडौंमा चोरी नियन्त्रणका लागि संयुक्त रुपमा विशेष अभियान नै संचालन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);