भेनेजुएलाको सरकारी तेल कम्पनी माथि अमेरिकाको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

भेनेजुएलाको सरकारी तेल कम्पनी माथि अमेरिकाको प्रतिबन्ध

काठमाडौं, १५ माघ । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताएका छन् ।

तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् ।अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

अमेरिकी वित्तमन्त्री स्टिवेन मनुसिनले अब भेनेजुएलाको तेल बिक्रीको पैसा मादुरोको सरकारसम्म नपुग्ने बताएका छन् । उनले तेल कम्पनीले खुआन गोइदोलाई नेता मानेर प्रतिबन्धबाट बच्नसक्नेसमेत बताएका छन् । भेनेजुएला आफ्नो तेलको बिक्रीमा अमेरिकामा निर्भर छ । भेनेजुएलामा उत्पादित ४१ प्रतिशत तेल अमेरिकामा निर्यात हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);