प्रधानमन्त्रीले भने - केही उधुम भएको छैन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

प्रधानमन्त्रीले भने – केही उधुम भएको छैन

pm oli bye

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नु पर्ने विषय नभएको बताएका छन् ।

‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्’ केही चित्त नबुझेको हुन सक्छ, ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिएर शनिबार फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने, ‘यस्तै, कुरालाइ के के न उधुम भयो भनिरहन पर्दैन । लोकतन्त्रमा अलि कति मतमतान्तर जस्ता कुरा साधारण हुन् ।’

याे समाचार आजको कान्तिपुरमा छापिएकाे छ ।