काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर अहिले बिहान स्वदेश फर्किँदैछन् ।
स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली अहिले बिहान १० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सचिवालयले जनाएको छ ।
मञ्चको पूर्णसत्र बैठकका साथै दक्षिण एशियाको राजनीतिक परिदृश्य र प्रजातन्त्रको भविष्य निर्धारण विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग प्रधानमन्त्री ओली सहभागी भएका छन् ।