केशव शर्मा
एजेन्सी, १० माघ । भेनेजुयलामा सरकारविरुद्ध प्रदर्शन जारी रहेको छ । प्रदर्शन जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गरेका छन् ।
नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् । भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । यसअघि गोइदोले भेनेजुयला प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गरेका थिए । यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिएका थिए । निर्वाचनका क्रममा उहाँले धाँधली गरेको आरोप लाग्दै आएको छ ।
मदुरोले शासनसत्ता सम्हालेसँगै भेनेजुयला केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ । बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् । राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको जनाइएको छ ।
प्रदर्शन चलिरहदा ३५ वर्षीय गुएइदोले आफूलाई भेनेजुएलाको ’निमित्त नेता’ घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन । तर राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन । उनले अमेरिकासितको कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै अमेरिकी कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन ।
दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन । वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन । मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी जस्तै हुन पुगेको छ । चर्को मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या रहेका छन ।
राष्ट्रपति मडुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका छन । भेनेजुएलाका सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन । भेनेजुएलामा चर्किएको पछिल्लो प्रदर्शनहरूको क्रममा आठ जनाको ज्यान गइसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।
राष्ट्रपति निकोलस मडुरोले बनाएको नयाँ संविधान सभालाई गैर प्रजातान्त्रिक भन्दै व्यापक आलोचना हुँदै आएको थियो । अमेरिकाले मडुरोले बनाएको नयाँ संविधान सभापछि उनलाई अधिनायकवादी भन्दै विभिन्न प्रतिबन्ध समेत लगाएको थियो । गुएइदोलाई अमेरिका लगाएतका केहि देशहरुको समर्थन रहेपनि त्यहाको सुरक्षा फौजको समर्थनभने रहेको छैन । जसका कारण भेनेजुएला अब थप अनिश्चिततातर्फ धकिलिने सम्भावना बढेको विश्लेषकहरुले बताएका छन ।
मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभावपछि भेनेजुयाली जनता मौजुदा राष्ट्रपति निकोलस मादुरोको पक्ष र विपक्षमा उभिदा निम्तिएको संकट अमेरिका जस्ता शक्ति राष्ट्रहरुले गरेको विपक्षी नेताको समर्थन पछि साम्य होला आम चासोको विषय बनेको छ । तर त्यहाको शेनाले मौजुदा राष्ट्रपतिलाई समर्थन गरिरहदा यस्तो संभावना भने कम देखिन्छ ।




