कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

काठमाडौं, १० माघ । विहान ११ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सुरु हुन सकेको छैन ।

विहान ११ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा जानु अघि भ्रातृ संगठन नेविसंघका विषयमा समझदारी हुन नसक्दा बैठक सुरु हुन ढिलाई भएको हो । सभापति शेरबहादुर देउवाले संगठनलाई आफ्नो कब्जामा राख्न मनोनयनका लागि वातावरण बनाउन खोजेको भन्दै नेता रामचन्द्र पौंडेल र कृष्ण सिटौंलाले विमति जनाएपछि सभापति देउवाले समझदारीको प्रयास गरिरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

त्यसबाहेक कांग्रेस बैठकमा सरकारले गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा संचालिन अस्पताल संघीय सरकारको मातहतबाट हटाएको, डाक्टर गोविन्द केसीसँग गरेको संझौतालाई लत्याएर जवरजस्ति संसदबाट चिकित्साशिक्षा विधेयक पारित गर्न खोजेकोसहितका विषय पनि कांग्रेस बैठकको एजेण्डा बनेका छन् । यी सबै विषयमा छलफल गर्नुपर्ने भएपनि कांग्रेस नेताहरु भने नेविसंघको विषयमा अल्झिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);