चितवन, ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले चितवनको माडी नगरपालिकास्थित भारतको सिमाना मर्चरीकुटीमा लगाएको तारवार प्रहरीले हटाएको छ ।
अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारबारको करीब ३० मिटर लामो रहेको थियो । बिप्लव माओवादी निकट अखिल क्रान्तिकारीका चितवन जिल्लाका अध्यक्ष चिरञ्जीवी ढकालले मंगलबार दिउँसो चार बजेदेखि लगाइएको काँडेतार त्यही दिन राती प्रहरीले हटाइएको हो ।
अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले जबसम्म भारतले मिचिएको जमिन फिर्ता गर्दैन तबसम्म आफ्नो सीमा बचाऔँ अभियान चलिरहने समेत जानकारी दिएका छन् ।