देशका विभिन्न भागमा बर्षा, हिमाली भेगमा बाक्लो हिमपात | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

देशका विभिन्न भागमा बर्षा, हिमाली भेगमा बाक्लो हिमपात

snow-falls

काठमाडौं, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा उपत्यकामा गएराती देखि भएको बर्षाले जनजीवन प्रभावित भएको छ भने जाडो समेत बढेको छ । देशमा पहाडी तथा हिमाली भेगमा बर्षा सहित हिमपात भएको छ । मौसमविदका अनुसार काठमाण्डौ उपत्यकामा बुधवार राती सम्म बर्षा हुनेछ ।

देशैभरी मंगलबार राती देखि परेको पानीका कारण जनजिवन प्रभाबित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट सोमबारदेखि सुरु भएको वर्षा मंगलबार रातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ । यो मौसम अझै एक दुइ दिन सम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । पानी पर्नेक्रम बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकी पखबाट फेरि सुरु हुने मौसमविद्हरुको भनाइ छ ।

देशका पश्चिमी भागहरुमा भने विहीबारसम्म पश्चिमी वायुको प्रभाव रहने छ । सोमबार देखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने अनुमान गरिएको छ ।

पानी परेका कारण बुधबार बिहानको काडमाडैंको अधिकतम तापक्रप ८ डिग्री रहेको छ भने दिउसो बिस्तारै बढदै १५ डिग्री हुने बताइएको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने र देशको हिमाली भेगका केही स्थानहरूमा भने हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको मौसमविदहरुको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);