काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी देशको सबैभन्दा ठुलो राजनितिक शक्ति हो । उसैको नेतृत्वमा सरकार संञ्चालन भईरहेको छ । त्यो सरकार चलिरहेको छ र सबैभन्दा ठुलो पार्टी संसदमा ठुलो छ, सरकार पनि ठुलै चलाईरहेको छ । सरकारको बारेमा अहिले फेरि बहस चलिरहेको छ । यो सरकारलाई खास देखिने गरि त्यस्तो अल्जाउने तत्व केहि पनि रहेको देखिदैँन ।
विपक्षी राजनितिक दलहरुको विरोध र सत्ता पक्ष कै आन्तरिक गुटहरुले पनि खासै अप्ठयारो पारिरहेको देखिएको छैन । तर, यसपछि पनि सरकारले हिजो चुनावको बेलामा जुन ढंगको आश्वासन दिईएको थियो र अहिले आम जनताले त्यस्तो कि हालको अपेक्षा गरेका थिए त्यो अपेक्षा बिच ठुलो खाडल पर्यो भनेर टिप्पणीहरु भईरहेको छ ।
सरकार र नेपाल कम्युनिष्ट पार्टीलाई यो टिप्पणी कस्तो लागिरहेको छ ? नेपाल कम्युनिष्ट पार्टीले सरकारको कामको बारेमा समिक्षा गर्नु पर्ने आवश्यकता महशुस गरेको छ कि छैन त ? यति ठुलो राजनितिक दलको सरकारले आफ्ना काम आफ्ना कदमहरु फैलाउन नसक्नुको पछाडि मुल कारण के हो त ? देख्ने कारणहरु छैनन्, नदेखिने कारणहरु के हो त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टी वरिष्ट नेता स्थायी समितीको सदस्य देवेन्द्र पौडेलसँग गरेको कुराकानी हेर्नुहोस् :