काठमाडौं मल विवादको अन्त्य | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

काठमाडौं मल विवादको अन्त्य

Kathmandu_Mall

फुलमाया आले

काठमाडौं, ९ माघ । काठमाडौं मलको समस्या समाधान गर्न सुष्मा महराको नेतृत्वमा तदर्थ समिति गठन भएको छ ।

लामो समयदेखि विवादमा रहेको द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएपछि सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरि ७ सदस्यी तदर्थ समिति गठन गरिएको हो । समिति गठनसंगै शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलता तथा विवादको अन्त्य भएको छ ।

बिचौलियाका कारण मर्का खेप्न बाध्य काठमाडौं मलमा ब्यवसाय संचालन गर्दै आएका व्यवसायी पछिल्लो चरणमा एकत्रित भई समस्या समाधानका लागि काठमाडौं मल समन्वय समिति समेत गठन गरी अघि बढेका थिए । साथै अर्को व्यवस्था नभएसम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चय कोषर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिन मलका व्यवसायीहरुले आग्रह समेत गरेका थिए । व्यवसायीको आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । कोषले भाडा निर्धारण गर्न समिति समेत बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);