काठमाडौं मलका व्यवसायी बिचौलियाका कारण मर्का खेप्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं मलका व्यवसायी बिचौलियाका कारण मर्का खेप्न बाध्य

Kathmandu_Mall

फूलमाया आले
काठमाडौं, ४ माघ । काठमाडौं बिचौलियाका कारण मर्का खेप्न बाध्य भएको भन्दै काठमाडौं मलमा ब्यवसाय संचालन गर्दै आएका व्यवसायी पछिल्लो चरणमा एकत्रित भई समस्या समाधानका लागि काठमाडौं मल समन्वय समिति गठन गरी अघि बढेका छन् । व्यवसायी समितिले बिचौलियाले व्यवसायीबाट प्रतिमहिना एक करोड २७ लाख उठाउने र सञ्चयकोषलाई ८० लाख रुपैयाँ मात्रै बुझाउने गरेको आरोप लगाएको छ । झन्डै ५० लाख रुपैयाँ हरेक महिना अनियमितता गरेको समन्वय समितिले ठहर गरेको छ ।

राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अहिले प्रख्यात व्यापारिक केन्द्रका रुपमा स्थापित भएको छ । यो मललाई यसरी काठमाडौकै नमुना मलका रुपमा विकास गर्न मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुँदै आएको छ । संचयकोषका नीतिका कारण व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । संचयकोष भवनको फाइदा व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको व्यवसायीको गुनासो छ ।

बिचौलियाका कारण ब्यवसाय नै धरसायी हुने अवस्था बढदै गएपछि काठमाण्डौँ मलमा ब्यवसाय संचालन गर्दै आएका ब्यापारीहरुको समन्वयकारी संगठन काठमाडौं मल समन्वय समिति गठन भएको छ । समन्व्य समितिले यस अघि व्यवसायी समितिले मल सञ्चालन गर्दा अनियमितता गरेको उजुरी सम्बन्धीत निकायमा दिएको जनाएको छ । व्यवसायी समितिले व्यवसायीबाट प्रतिमहिना एक करोड २७ लाख उठाउने गरेकोमा सञ्चयकोषलाई ८० लाख रुपैयाँ मात्रै बुझाउने गरेको आरोप लगाएको छ । झन्डै ५० लाख रुपैयाँ हरेक महिना अनियमितता गरेको समन्वय समितिको ठहर छ ।

काठमाडौ मल एउटा भवन मात्रै होइन यो महत्वपूर्ण व्यवसायिक केन्द्र समेत भएकाले यहाँ ३ सय बढी व्यवसायी व्यापार गरिरहेकाछन् । व्यवासाय क्षणिक लाभका लागि मात्रै नगरिने र दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको समितिका सभापति महराको भनाई छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका भन्दै यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्कसंग व्यवसाय गर्ने वातावरण बनाउनुको साटो सधैं अस्थिरता सिर्जना गरेर त्रासपूर्ण वातावरण बनाउने काम भइरहेको सभापति महराको गुनासो छ । यसका साथै विचौलियाले देखाइरहेको त्रासका विरुद्ध यहाँका व्यवसायी बोल्न डराइरहेका अवस्था रहको समितिले जनाएको छ ।

मलमा व्यवसाय गर्दै आएका व्यापारीहरु विचौलियाका कारण आफ्नो सम्पत्ति गुमाउनु परेको गुनासो गर्दै आएका छन् । व्यवसायी सडकमा आउने तर विचौलियाहरुले करोडौ कमाएको काठमाण्डौ मलका व्यवसायीले बताउँदै आएका छन् ।

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सहयोग समेत रहेको यो अन्याय विरुद्ध जुध्न मलमा व्यवसाय गर्दै आएका १ सय ५० भन्दा बढी व्यवसायी ऐक्यबद्ध भएका छन् । अनियमितता, अपारदर्शीता र अव्यवस्थाको चंगुलमा फस्दै गइरहेको मललाई त्यसबाट उम्काउनु अब व्यवसायिक हित मात्रै रहेन, देशको सम्पत्ति सुरक्षा गर्नु पनि सवै नागरिकको दायित्व हुन आउने समन्वय समितिको भनाई छ । मलमा विचौलियाको प्रवेश रोकी सरकारी संस्थानको सम्पतिको संरक्षण गर्न आवश्यक पहल थाल्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);