रेबिज लागेमा ३-४ दिनमा ज्यान जान्छ, जानी राखौँ बच्ने उपाय (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रेबिज लागेमा ३-४ दिनमा ज्यान जान्छ, जानी राखौँ बच्ने उपाय (भिडियोसहित)

rebij

काठमाडौं, ८ माघ । रेबिज भाईरसबाट संक्रमित पशुको टोकाईबाट मानिसमा रोग सर्दछ। यो रोग आज भन्दा करिव चार हजार वर्सह पहिले नै पहिचान गरिएको हो । विश्वभरिमा प्रति वर्षा कम्तिमा यस रोगबाट ५५ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ संगठन तथ्याङ् छ । प्रायजसो मानिसमा देखिने रेबिज ग्रसित कुकुरको टोकाईबाट हुने गर्दछ । त्यस्तै, जंगली मांशाहारी जनावर तथा चमेरोको टोकाईबाट पनि लाग्न सक्छ । प्राय सबै खाले जंगली तथा घर पालुवा जनावर यो रोगबाट ग्रसित हुने गर्दछ ।

तर मुसा, लोखोर्के र खरायोमा भने यो रोग बिरलै पाईन्छ । जलचर माछा खिर्सने जिव, सर्प, कुखुरा तथा चराचुरुङ्गीमा चाहि यो रोग देखिदैन । कुनै पनि मानिस रेबिज दुई किसिमबाट हुने गर्दछ । १) रेबिज भाईरस भएको पशुको लसपसबाट र २) त्यस्तो लसपस हुँदा पशुले मान्छेलाई टोकेर वा चिथोरेर पशुमा रहेको संक्रमित र्याल सारेमा यो योग हुने गर्दछ । कारण र उपचार सहित  थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले वरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर बिमल शर्मा चालिसे संग गरेकाे भिडियाे हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);