कृषि विकास बैंक ५२ बर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

कृषि विकास बैंक ५२ बर्षमा प्रवेश

काठमाडौं, ७ माघ । कृषि विकास बैंक स्थापनाको ५२ औं बर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा बैंकले राजधानीमा सोमवार गरेको कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनालले नेपालीको जीवन स्तर उकास्न बैकको भूमिका उल्लेखनीय रहेको बताए ।

मन्त्री खनालले बैंकहरुले कम मुनाफा लिएर बढी ऋण प्रबाह गर्नुपर्नेमा जोड दिए । उनले नेपाली कृषकले उत्पादन गरेको बस्तुले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्नु पर्ने उल्लेख गरे । मन्त्री खनालले खाद्य सामाग्री आयतलाई नियन्त्रण गरेर नेपाली उत्पादन बढाउनु पर्ने बताए ।