पाटन स्थित भिमसेन मन्दिरको पुनर्निर्माणको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २२ २०८१, बिहीबार

पाटन स्थित भिमसेन मन्दिरको पुनर्निर्माणको काम सुरु

ललितपुर, ७ माघ । भूकम्पले क्षतिग्रस्त ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भिमसेन मन्दिरको पुनर्निर्माणको काम सुरु गरिएको छ । भूकम्पले क्षति पु-याएको ३ वर्ष ९ महिना बित्दा पनि सरकारले भीमसेन मन्दिर पुनर्निर्माणको काम सुरु नगरेपछि ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा सोमबारबाट पुनर्निर्माणको काम सुरु गरिएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मन्दिर पुनर्निर्माणको कामको सुरुवात गर्दै आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । मन्दिरको पुनर्निर्माण नेपाल सरकारको आग्रहमा भारतीय दुतावासले गर्ने योजना तय गरिएको थियो ।

तर भारतीय दुतावासले सो काम अघि नबढाएपछि स्थानीयबासी आफैं मन्दिर बनाउन अग्रसर भएका हुन् । उक्त मन्दिरको पुनर्निर्माणका लागि ललितपुर उद्योग वाणिज्य संघले ‘आफ्नो सम्पदा आफैं निर्माण गरौं’ भन्ने अभियाननै संचालन गरेको छ ।

स्थानीय जनताको सहयोगमा सो मन्दिर पुनर्निर्माण कार्य सुरु गरिएको संघका अध्यक्ष एवम् मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले जानकारी दिए । संघले मन्दिर पुनर्निर्माणका लागि १० लाख नगद हस्तान्तरण गरिसकेको छ । २ वर्ष भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो मन्दिर पुनर्निर्माणका लागि करिव ५ करोड लाग्ने अनुमान गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);