नयाँ नेपालले लिलामीमा सेयर नपाउनेलाई आजदेखि पैसा फिर्ता गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

नयाँ नेपालले लिलामीमा सेयर नपाउनेलाई आजदेखि पैसा फिर्ता गर्दै

naya-nepal-laghubitta

काठमाडौं,  ७ माघ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ ।

लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा फिर्ता गरिने भएको हो ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने नयाँ नेपालले जानकारी गराएको छ ।

कुनै कारणले खातामा पैसा जम्मा हुन नसके एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौमा गएर चेकमार्फत भुक्तानी लिन सकिनेछ ।