स्ट्यान्डर्ड चार्टर्डले १७.५० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

स्ट्यान्डर्ड चार्टर्डले १७.५० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदै

standard-chartered

काठमाडौं,  ७ माघ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज हुंदैछ । सो सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउँसो १ बजे शुरू हुने बताइएको छ ।

बैंकले सभामा १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरूमा पनि सभामा छलफल हुनेछ । बैंकले साधारणसभा प्रयोजनका लागी पुस २९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

पुस २८ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।