राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अनशनविरुद्ध अनशन | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अनशनविरुद्ध अनशन

govind_kc

काठमाडौं, ६ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनको माग राखेर डा. गोविन्द केसी अनशनमा छन् । उनको विरोध गर्दै विजय थापा पनि अनशनमा छन् । पुरानो सम्झौताबमोजिम विधेयक संशोधन गर्नु पर्ने केसीको माग छ भने, जस्ताको त्यस्तै लागू हुनुपर्ने थापाको ।

दुवै जना इलाममा पुगेर अनशन बसेका थिए । दुवैलाई झापाको भद्रपुर हुँदै  सेनाको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइयो । दुवैलाई उपचारका लागि एउटै अस्पतालमा राखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काको चिन्ता बढेको छ ।

परस्पर विरोधी माग राखेर अनशनरत दुवै जनालाई उपचार गर्नुपर्ने बाध्याता छ, अस्पताल । ‘समस्याको गाँठो सुल्झिने भन्दा झन कस्सिने हो कि भन्ने चिन्ता छ,’ खड्काले भने, ‘दुवै पक्षको आआफ्नो विचार छ, अडान छ, समर्थक पनि छन्, अस्पतालमै द्वन्द्व हुने होकी भन्ने चिन्ता छ ।’ यो समाचार आजको अन्नपूणबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);