निजी मेडिकल कलेजको दादागिरी, मुकदर्शक सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

निजी मेडिकल कलेजको दादागिरी, मुकदर्शक सरकार

medical collage

काठमाडौं, ६ माघ । सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थी माथि ठगी गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले मन्त्रिपरिष्दको निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मुकदर्शक बनेको छ । मेडिकल कलेजहरुल सरकारसँगकै मिलेमतोमा विद्यार्थीमाथि ठगी गरिरहेको सरोकारवालाको भनाई छ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सर्वसुलभ रुपमा चिकित्सा शिक्षा पाउनु पर्ने आवाज उठाउँदै आएका छन् । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);