ललितपुर, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण भैरहेका सम्पदाहरुको स्थलगत अवलोकन गरेका छन् ।प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका पाटन दरबार क्षेत्रका ऐतीहसिक तथा पुरातत्व महत्वका सम्पदाको अवलोकन गर्दै पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी पनि लिएका हुन् ।
प्रधानमन्त्री ओलीले पाटन दरबार क्षेत्रका भवन, मन्दीर, सत्तल, धारा, भण्डारखाल क्षेत्र, दरबारका चोकहरुको पुननिर्माणको जानकारी लिएका थिए । अवलोकन पछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले ललितपुर दरबार क्षेत्रका सम्पदाहरुको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको पाएको उललेख गरे ।
प्रधामन्त्री ओलीले सरकारले निजी आवाश, विद्यालय तथा धार्मिक एवं सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई विशेष प्राथमिकता दिएको बताए । ललितपुर दरबार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ ।