हिसानले राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षा नीति प्रतिवेदनको गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

हिसानले राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षा नीति प्रतिवेदनको गरे स्वागत

hisan

काठमाण्डौ, २ माघ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल (हिसान)ले राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षा नीति सम्वन्धि प्रतिवेदनको स्वागत गरेको छ ।

हिसानका अध्यक्ष रमेश सिलवालले सो प्रतिवेदनमा निजी विद्यालयलाई सेवामूलक बनाउने प्रावधान राखिएकोमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजितत एक कार्यक्रममा आयोगका सदस्य समेत रहेका उनले निजी विद्यालयको सम्पत्तिको संरक्षण हुनेगरी सो प्रावधान राखिएको उल्लेख गर्दै त्यसमा असहमति जनाउनुपर्ने कुनै कारण नरहेको पनि बताए ।

सम्पत्ति संरक्षण हुनेगरी आयोगले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन सिफारिस गरेको अध्यक्ष सिलवालको भनाई छ । आयोगको प्रतिवेदनमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउन प्रस्ताव गरिएको छ । सो प्रस्तावमा आवश्यक्ताभन्दा बढि मुनाफा लिन नपाउने गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्ताव गरिएको अध्यक्ष सिलवालले स्पष्ट पारे ।

अध्यक्ष सिलवालले आयोगको प्रतिवेदनमा नेपाललाई ‘शैक्षिक हब’ बनाउने प्रस्ताव गरिएको र त्यसमा निजी क्षेत्रको सहयोगको व्यवस्था गरिएको पनि जानकारी दिए । यस्तै आयोगका सदस्य एवम् शिक्षाविद् विद्यानाथ कोइरालाले सो प्रतिवेदन कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे । सरकार संचालन गर्ने राजनीतिक दलको बाहूल्य रहेको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न कुनै समस्या नरहेको उनको तर्क छ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय शिक्षा नीति निर्माणका लागि सुझाव दिन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);