विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

काठमाडाैं । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले  विधेयक पारित गरेको हो ।

यद्यपि  पारित विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् ।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्ताव अनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ । रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत तीन बुँदे फरक मत राखेको छ भने राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ ।

विधेयकको प्रतिवेदन शुक्रबारको प्रतिनिधि सभाको बैठकमा पेस गर्ने समितिको तयारी छ ।

Leave a Reply

ताजा समाचार