सरकारले पानीजहाजमा काम गर्ने नेपालीलाई ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सरकारले पानीजहाजमा काम गर्ने नेपालीलाई ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने

pradeep gyawali

काठमाडौं, २९ पुस । सरकारले पानीजहाजमा काम गर्ने हरुका लागि ‘सी म्यान’ राहदानीको पनि व्यवस्था गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा भाग लिँदै उनले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।

बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको आलोचना गरेका थिए ।

समितिका सदस्य जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।

त्यसैगरी समितिका अर्का सदस्य राधेश्याम अधिकारीले ऐनमै व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्देशिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);