अब पासपोर्ट ६ किसिमका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अब पासपोर्ट ६ किसिमका

passport nepal

काठमाडौं, २५ साउन । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्टु दिने व्यवस्था गरिएको छ । पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);