काठमाडौं, २९ पुस । फ्रान्समा हजारौं व्यक्तिहरुले मूल्यबृद्धिलाई लिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
इन्धनमा भएको मूल्यबृद्धि विरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका हुन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त भएको छ ।भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।
इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा नयाँ–नयाँ मागहरु थपिने क्रम जारी छ ।प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् ।यस अघिका प्रदर्शनमा आगजनी र तोडफोडका भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ ।स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन् ।




