राप्रपा र रापपा राष्ट्रवादीले छुट्टाछुट्टै राष्ट्रिय एकता दिवस मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

राप्रपा र रापपा राष्ट्रवादीले छुट्टाछुट्टै राष्ट्रिय एकता दिवस मनाए

काठमाडौं, २७ पुस । कमल थापा नेतृत्वको राप्रपा र डाक्टर प्रकाशचन्द्र लोहनीको एकीकृत रापपा राष्ट्रवादीले पृथ्वीनारायण शाहको दईसय ९७ औं जयन्तीको अवसरमा छुट्टाछुट्टै राष्ट्रिय एकता दिवस मनाएका छन् ।

सरकारीस्तरबाट राष्ट्रिएकता तथा पृथ्वीजयन्तिका अवसरमा दिइदै आएको सार्वजनिक विदासमेत हटाइएकोवेला आफूलाई राजावादी धारमा उभ्याएका दुबै दलले चियापानसहित विभिद कार्यक्रम गरि सो दिवस मनाएका छन् ।

चियापानका क्रममा संचारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष थापाले सरकारले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसमा दिंइदै आएको विदा कटौति गरेर त्रुटी गरेपनि राष्ट्रपतिले सालिकमा माल्यार्पण गरेर सरकारको गल्ति सुधारिदिएको बताए । उनले सरकारले पनि आगामी दिनमा पृथ्वीनारायण शाहलाई सम्मान गर्ने विश्वास व्यक्त गरे ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सरकारले अपमानित गरेको भन्दै असन्तुष्टी जनाए । उनले सरकारले राष्ट्रिय एकता दिवस तथा सार्वजनिक विदा नदिएको भन्दै आगामी दिनमा राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरे । दुबै पार्टीका अध्यक्षले आयोजना गरेको चियापानमा विभिन्न दलका नेत तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागि भएका थिए ।

ताजा समाचार