कपिलवस्तुमा निर्माणाधीन बहुबर्षीय योजनाका सडक निर्माण रोकियो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

कपिलवस्तुमा निर्माणाधीन बहुबर्षीय योजनाका सडक निर्माण रोकियो

kapilbastu sadak nirman

शम्भु माली
कपिलवस्तु, २७ पुस ।  कपिलवस्तुमा निर्माणाधीन बहुबर्षिय योजनाका सडकको निर्माण कार्य रोकिएको छ । क्षेत्रीय तथा पर्यटकीय महत्वका ५ वटा मुख्य सडकको बजेट केन्द्रबाट विनियोजन नभएपछि निर्माण कार्य रोकिएको हो ।

कपिलवस्तुमा निर्माणधीन बहुबर्षीय योजनाका सडकको निर्माण कार्य वजेट अभावमा रोकिएको छ । क्षेत्रीय तथा पर्यटकीय महत्वका ५ वटा मुख्य सडकको बजेट केन्द्रबाट विनियोजन नभएको भन्दै सडक विभागले सडक निर्माण कार्य अघि नबढाउन पत्राचार गरे संगै निर्माण कार्य रोकिएको हो । अर्थ मन्त्रालयले बहुबर्षिय योजनाका सबै सडकको दायित्व तथा बजेट प्रदेश सरकारलाई दिएपछि विभागले सडक निर्माण कार्य नगर्न निर्देशन दिएको हो ।

पूर्व–पश्चिम राजमार्गसंग जोडेर बुद्धको राजदरबार तिलौराकोट जोड्ने तिलौराकोट–लक्ष्मणघाट–कोइली बनगाई सडक, बैदौली–देउवापार–कोपवा सडक, पकडी–जयनगरा सडक, बर्रोहिया–पचेहरा सडक, चाकरचौडा–गौरा–पिपरा–सिसहनिया र बर्रोहिया–पचेहरा सडक निर्माण कार्तिक महिना यता रोकिएको छ । बजेट अन्यौलताले काम बिचमै रोकिएपछि स्थानीयबासीहरु चिन्तित बनेका छन् ।

सडक डिभिजन शिवपुरले भइसकेको कामको भुक्तानी दिन समेत आफुहरु संग बजेट र अधिकार नभएको भन्दै प्रदेश मन्त्रालयमा जान निर्माण व्यवसायीलाई आग्रह गरेको छ । प्रदेश नम्वर ५ को भौतिक मन्त्रालयले भने अर्थमन्त्रालयबाट बजेट नआएको भन्दै भुक्तानी दिन नसकिने जनाएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन ।

केन्द्र सरकार र प्रदेश सरकारको बीचमा समन्वय नहुँदा सडक निर्माण कार्य अन्योलमा परेकोमा स्थानीयवासीहरुले दुखेसो पोखेका छन ।

प्रदेश सरकारलाई नै सडक निर्माणको जिम्मेवारी दिइने तर सडक निर्माणका लागि आवश्यक बजेट बिनियोजनमा ढिलाई गर्दा राष्ट्रिय महत्वका निर्माण योजना अलपत्र पर्नसक्ने तर्फ समयमै सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);